प्रधानमन्त्रीसहित नेताहरूको फोटो राखेर अनुष्ठान गर्दागर्दै पुष्कर खतिवडा पक्राउ
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताहरूको तस्बिर राखेर अनुष्ठान गरेको आरोपमा सामाजिक सञ्जालमा चर्चित धर्मगुरु पुष्कर खतिवडा पक्राउ परेका छन् ।
प्रहरी वृत्त महाराजगन्जको टोलीले सोमबार उनलाई घरमा यज्ञ गर्दागर्दै पक्राउ गरेको हो । उनले प्रधानमन्त्री ओलीसहितका नेताहरूको नाममा यम पूजा गर्दै होम हाल्ने तयारीसमेत गरेको आरोप छ । खतिवडाले आफूलाई प्रहरी वृत्त महाराजगन्ज लगिएको जानकारी सामाजिक सञ्जालबाट दिएका छन् । 'मलाई भर्खरै प्रहरी वृत्त महाराजगन्ज लगिएको छ। कामना गरौँ देश बनोस्', उनले लेखेका छन् ।
खतिवडाले केही दिनअघि फेसबुकबाटै देशलाई खाल्डोमा हाल्ने नेताहरूको नाममा यमराजको पूजा गर्ने निर्णय लिएको बताएका थिए ।