आन्तरिक तर्फको हवाई भाडा घट्यो (हेर्नूहोस् भाडादर)
फाइल फोटो
काठमाडौँ । आन्तरिक हवाइभाडा घटेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक उडानको फ्युल सरचार्ज घटाएको हो।
प्राधिकरणको हवाई यातायात विभागले जारी गरेको सूचना अनुसार, नयाँ दर २०८२ पुस १८ (शुक्रबार) देखि लागू भएको छ। नेपाल आयल निगमले हवाई इन्धनको साबिकको बिक्री मूल्यमा प्रति लिटर ६ रुपैयाँ घटाउने निर्णय गरेको थियो। यसअघि प्रति लिटर १३४ रुपैयाँ रहेको इन्धनको मूल्य अहिले घटेर १२८ रुपैयाँ कायम भएको छ।
काठमाडौँबाट हुने माउन्टेन फ्लाइटको भाडा २१० रुपैयाँले घटेको छ भने काठमाडौं–भद्रपुर भाडा १८० रुपैयाँले घटेको छ। काठमाडौँसँगै पोखरा, भैरहवा, जनकपुर, सिमरा, विराटनगर, नेपालगन्ज लगायत विमानस्थलबाट हुने आन्तरिक उडानका भाडा घटाइएको छ। ट्रंकरुटसँगै स्टल रुटको भाडादर पनि घटेको प्राधिकरणले जनाएको छ।
हेर्नूहोस् भाडादरः







