२६ भदौ २०८३, शुक्रबार
11 September , 2026,Friday

बाढीपीडितका लागि रेसिङ अटोमोबाइल्स र ढुंगेल एशोसिएसनको सहयोग

काठमाडौं, २० भदौ । रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि रेसिङ अटोमोबाइल्स तथा ढुंगेल एशोसिएसनका तर्फबाट २ लाख ११ हजार ११० रुपैयाँ सहयोग गरिएको छ।

नेपाल रिकन्डिसन अटो व्यवसायी संघका केन्द्रीय अध्यक्ष प्रवीण लामिछाने र कानुनी सल्लाहकार रुद्रप्रसाद ढुंगेलले विपद् प्रभावित नागरिकको सहयोगका लागि उक्त रकम प्रदान गरेका हुन्। उनीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग गरेका छन्।

यस्तै, बाढीपीडितको सहयोगका लागि नेपाल रिकन्डिसन अटो व्यवसायी संघले सञ्चालन गरिरहेको संयुक्त अभियानमा ५५ हजार ५५५ रुपैयाँ सहयोग गरिएको छ। संघको खातामा जम्मा भएको उक्त रकम पनि विपद् प्रभावित नागरिकको सहयोगका लागि एकमुष्ट रूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने बताइएको छ।

बाढी–पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको उनीहरूले बताएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्