यो सरकारले रूपान्तरणकारी बजेट ल्याउँछ : अर्थमन्त्री डा.वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले जेठ १५ मा रूपान्तरणकारी बजेट ल्याउने बताएका छन्। बिहीबार पदभार ग्रहणपछि पत्रकारहरूसँग कुरा गर्दै उनले अर्थतन्त्रमा धेरै सुधार हुने गरी बजेट ल्याउने बताएका हुन्।
‘जेठ १५ मा बजेट आउँदै गर्दाखेरि यो मुलुकको इकोनोमिक ट्राजेक्टरी नै रिओरियन्ट गर्ने गरेर रूपान्तरणकारी बजेटको तयारी साथीहरूले गरिसक्नुभएको छ, तर यसलाई अझै पनि हामीले नयाँ म्यान्डेट अनुकूल हुने गरी सोझ्याउनुपर्नेछ,’ उनले भने, ‘त्यसमा अन्य धेरै रेगुलेसनहरू, धेरै नियमावलीहरू, तजबिजी अधिकारलाई पनि नियन्त्रण गर्नुपर्ने हुन्छ, कानुनी सुधारको रोडम्याप बनाएर हामी अगाडि जान्छौँ।’ अर्थतन्त्रको आन्तरिक शिथिलतालाई चिर्ने गरी सरकारले काम गर्ने उनको भनाइ छ ।
उनले शुक्रबार नै राजस्व अनुसन्धान विभाग र १५ वटा ऐन खारेज गर्ने प्रक्रिया अघि बढाएका छन्।