१४ चैत २०८२, शनिबार
28 March , 2026,Saturday

सुरक्षा संयन्त्रलाई तयारी अवस्थामा बस्न सर्कुलर

काठमाडौँ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) मुख्यालयले एसपीदेखि जवानसम्मलाई शनिबार बिहान ७ बजेभित्र हेडक्वार्टर र अन्य युनिटको हकमा ७ बजे नै चुस्ता पोसाकमा तयारी हालतमा बस्न सर्कुलर जारी गरेको छ।

शुक्रबार राति प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालसँग नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गृह मन्त्रालयमा छलफल गरी फर्किएपछि दुवै हेडक्वार्टरले यस्तो सर्कुलर गरेका हुन्।

सुरक्षा प्रमुखहरूसँग गृहमन्त्री गुरुङले जेन-जी आन्दोलनमा दमन गर्ने राजनीतिक र प्रशासनिक उच्च अधिकारीमाथि अनुसन्धान गर्ने विषयमा छलफल भएको थियो। मन्त्री गुरुङले उनीहरूलाई पक्राउ गरेर नै अनुसन्धान गर्नुपर्ने विषय उठाएका थिए। कानुनअनुसार अघि बढ्नुपर्ने कुरा उठेको थियो तर, सुरक्षा प्रमुखहरूले गृहमन्त्रीसँग भेटेर बाहिरिएपछि मातहत फौजलाई चुस्तामा उपस्थित हुन यस्तो परिपत्र गरेका हुन्।

अवकाशप्राप्त एक एआईजीका अनुसार यस्तो सर्कुलर फिल्डमा तैनाथ फौजको ब्याक सपोर्टमा रहन यसरी तयारी हालतमा राखिन्छ। जेन-जी आन्दोलनका बेला प्रधानमन्त्री, गृहमन्त्री, गृहसचिव, प्रतिअलगायतलाई अनुसन्धान गर्नुपर्ने अवस्था आएमा उत्पन्न परिस्थिति सामना गर्न तयारी हालतमा राखेको हुन सक्ने ती पूर्वएआईजीको भनाइ छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्