आगामी वैशाखको अन्तिममा काँग्रेस महाधिवेशन, यस्तो छ कार्यतालिका
फाइल फोटो
काठमाडौँ । नेपाली काँग्रेसको १५औँ महाधिवेशन वैशाखको अन्तिममा हुने भएको छ। केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बहुमतले यस्तो प्रस्ताव पारित गरेको हो।
त्यसका लागि काँग्रेसले गाउँ नगर वडा अधिवेशन– २०८२ चैत २१ गते, गाउँ नगर अधिवेशन – २०८२ चैत २५ गते गर्ने निर्णय गरेको छ।
त्यसैगरी प्रदेशसभा क्षेत्रीय अधिवेशन– २०८२ चैत २८ गते, एकमात्र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन– २०८३ वैशाख २ गते, दुई वा दुईभन्दा बढी निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन– २०८३ वैशाख ५ गते गर्ने निर्णय भएको काँग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए।
उनका अनुसार प्रदेश अधिवेशन– २०८३ वैशाख १०, ११ र १२ गते र केन्द्रीय महाधिवेशन– २०८३ वैशाख २८, २९, ३० र ३१ गते गर्ने निर्णय भएको छ।