२ माघ २०८२, शुक्रबार
16 January , 2026,Friday

आगामी वैशाखको अन्तिममा काँग्रेस महाधिवेशन, यस्तो छ कार्यतालिका

फाइल फोटो

काठमाडौँ । नेपाली काँग्रेसको १५औँ महाधिवेशन वैशाखको अन्तिममा हुने भएको छ। केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बहुमतले यस्तो प्रस्ताव पारित गरेको हो।

उक्त प्रस्तावसहित काँग्रेसले केन्द्रीय समितिसहित तल्ला तहका सबै समितिको म्याद सोही मितिसम्म थप गर्ने निर्णय गरेको हो। यो निर्णयमा काँग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित अर्जननरसिंह केसी, फरमुल्लाह मन्सुर र उमा रेग्मीले विमति राखेका छन्। 
कार्यसम्पादन समितिले पारित गरेको कार्यतालिकाअनुसार महाधिवेशनको नयाँ मिति वैशाखको २८ देखि ३१ सम्म हुनेछ। यसअघि पुस अन्तिममा महाधिवेशन गर्ने कार्यतालिका काँग्रेसले पारित गरेको थियो।

त्यसका लागि काँग्रेसले गाउँ नगर वडा अधिवेशन– २०८२ चैत २१ गते, गाउँ नगर अधिवेशन – २०८२ चैत २५ गते गर्ने निर्णय गरेको छ।

त्यसैगरी प्रदेशसभा क्षेत्रीय अधिवेशन– २०८२ चैत २८ गते, एकमात्र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन– २०८३ वैशाख २ गते, दुई वा दुईभन्दा बढी निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन– २०८३ वैशाख ५ गते गर्ने निर्णय भएको काँग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए।

उनका अनुसार प्रदेश अधिवेशन– २०८३ वैशाख १०, ११ र १२ गते र केन्द्रीय महाधिवेशन– २०८३ वैशाख २८, २९, ३० र ३१ गते गर्ने निर्णय भएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्