अख्तियारले सरकारका मुख्य सचिव डा. वैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा चलाउने
९ असार २०८१, आइतबारअख्तियारले नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिदमा अर्यालको संलग्नता भएका देखिएपछि अर्यालविरुद्ध मुद्दा दायर गर्ने निर्णय भएको हो ।
लोकतन्त्रका लाभहरू सबै जाति र समुदायको जीवनसँग जोडिनुपर्छ : प्रधानमन्त्री
९ असार २०८१, आइतबारजनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको २४ औँ सञ्चालक परिषद्को बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आदिवासी जनजातिहरूको परम्परालाई जीवन्त राख्दै उनीहरूको अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।
संसद् सचिवालयका कर्मचारीको माग सम्बोधन गर्न कानूनमन्त्रीको नेतृत्वमा समिति गठन
९ असार २०८१, आइतबारआइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष बैठकले आन्दोलनका विषयमा कानून मन्त्री पदम गिरीको नेतृत्वमा समिति गठन गरेको हो ।
संघीय संसद्का कर्मचारीले गरेको आन्दोलनबारे बालुवाटारमा छलफल
९ असार २०८१, आइतबारअतिरिक्त समयमा काम गर्दाको सेवा, सुविधा मागसहितका ११ बुँदे माग राख्दै संघीय संसद् सचिवालयका कर्मचारीहरू आन्दाेलन गर्दै आएका छन् ।
राजदूत ओलीद्वारा थाई नरेशसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
९ असार २०८१, आइतबारराजदूत ओलीले शनिबार थाइल्यान्डको एम्फोरन राजदरबारमा आयोजित विशेष समारोहमा आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको बैङ्ककस्थित नेपाली राजदूतावासले जनाएको छ ।
सूर्य नेपालद्वारा दमौली अस्पताललाई दुई थान डायलिसिस मेसिन सहयोग
९ असार २०८१, आइतबारकम्पनीका जनसम्पर्क प्रमुख अञ्जन दवाडीले दमौली अस्पतालका प्रमुख डा.परिवर्तन बराललाई शनिबार ती मेसिन हस्तान्तरण गरेका हुन् ।
कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना, सतर्क हुन चेतावनी !
९ असार २०८१, आइतबारविभागका अनुसार हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भू–भागमा र लुम्बिनी प्रदेशका पूर्वी भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा देशका बाँकी भागमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
नेपाल आइडल सिजन पाँचको उपाधि करण परियारलाई
९ असार २०८१, आइतबारशनिबार साँझ सम्पन्न अन्तिम प्रतिस्पर्धामा मोहित भुजेल, सलोमी गुरुङ र सचिन विश्वकर्मालाई दर्शकबाट प्राप्त मतका आधारमा पछि पार्दै उनी विजेता बनेका हुन् ।
जन्तेढुङ्गा गाउँपालिकाको भवन निर्माण सम्पन्न
८ असार २०८१, शनिबारदश स्थानीय तह रहेको जिल्लामा सबैभन्दा पहिले खोटेहाङ गाउँपालिकाले आफ्नै लगानीमा प्रशासनिक भवन निर्माण गरेर सञ्चालनमा ल्याएको थियो ।
अबको हाम्रो एक मात्र लक्ष्य मिसन २०८४ हो: महिला मन्त्री चौधरी
८ असार २०८१, शनिबारउनले भने, 'राष्ट्रियताको मिसन बोक्दै, राष्ट्र बनाउने मिसन लिएर अगाडि बढेको पार्टी नेकपा एमाले हो । पार्टीलाई एक नम्बरको बनाउनका निम्ति अबको हाम्रो यात्रा मिसन ०८४ हो । अब हामी सबै मिसन ८४ को लक्ष्यमा केन्द्रित हुनुपर्छ ।'
बलात्कारीबाट जोखिन 'रापेक्स' !
८ असार २०८१, शनिबारमहिलालाई बलात्कार गर्न खोज्ने व्यक्ति ‘रापेक्स’ का दाँतले नराम्रोसँग घाइते हुने र पासो ‘रापेक्स’मा फसेको लिङ्ग निकाल्न ती व्यक्तिले अस्पताल नै पुग्नुपर्ने हुन्छ ।
काठमाडौँको यी क्षेत्रमा हुनेछ आज पाँच घण्टा विद्युत् अवरुद्ध
८ असार २०८१, शनिबारमर्स्याङ्दी काठमाडौँ २२० केभी आयोजनाबाट निर्माण भएको मातातीर्थ २२० केभीको नयाँ कन्ट्रोल रुममा जडित सबस्टेशन अटोमेशन सिस्टमलाई शटडाउनमा राखी काम गर्नुपर्ने भएकोले मातातीर्थ सबस्टेशनबाट आपूर्ति भइरहेको ठाउँमा बिजुली प्रभावित हुने भएको हो ।
काठमाडौँमा 'औषधिजन्य जडीबुटी मेला'
८ असार २०८१, शनिबारमेलामा औषधिजन्य जडीबुटीको व्यावसायिकखेती, वैज्ञानिक पद्धतिबाट सङ्कलन, दिगो संरक्षणमा प्रयास एवम् किसानबाट उत्पादनकर्तासम्म स्थिति, सम्भाव्यता र चुनौतीका बारेमा पनि छलफल हुनेछ ।
'इन्ड्राइभ' र 'पठाओ' एपमार्फत यात्रु बोक्न पोखरामा रोक !
८ असार २०८१, शनिबारयातायात व्यवस्था कार्यालय (सवारी) पोखराका प्रमुख डिल्लीराम रिजालले कानूनविपरीत निजी सवारीसाधनले ‘राइड सेयरिङ’ सेवा सञ्चालन गरिरहेको पाइएकाले रोक लगाएको बताए ।
महिला, बालबालिका मन्त्री चौधरीलाई मातृशोक !
८ असार २०८१, शनिबारमन्त्री चौधरीले सुनसरी र दाङ दुवैतिर पारिवारिक जिम्मेवारी सम्हाल्दै आएकी छन् ।
दुग्ध विकास बोर्डको कार्यकारी निर्देशकमा राजेन्द्रप्रसाद यादव नियुक्त
७ असार २०८१, शुक्रबारआज बसेको मन्त्रिपरिषद्को बैठकले यादवलाई दोस्रो कार्यकालका लागि बोर्डको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वाला कुमारी शाहले सुनौलो नेपाललाई जानकारी दिइन ।
पहिलो राष्ट्रिय सहकारी मेला सुरु : युवाहरूलाई रोजगारी दिने मन्त्री अधिकारीको भनाई
७ असार २०८१, शुक्रबारराष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालले आयोजना गरेको तीन दिने रोजगार मेलामा रोजगारीको खोजीमा रहेका युवाहरूलाई सहकारी क्षेत्रका रोजगारदातासँग समन्वय गर्ने माध्यमका रूपमा लिइएको छ ।
यस वर्ष दाङमा रासायनिक मल अभाव नहुने
७ असार २०८१, शुक्रबारआधाभन्दा बढी मल भित्रिसकेको र आवश्यकताअनुसार गोदाममा मौज्दातसमेत रहेकाले रासायनिक मल अभाव नहुने कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनका जिल्ला शाखाले जनाएका छन् ।
संसद् भवन समयमा निर्माण सम्पन्न गर्न राष्ट्रिय सभा सदस्यहरूको सुझाव
७ असार २०८१, शुक्रबारभवन निर्माणको गति सुस्त भएको टिप्पणी गर्दै उनीहरूले द्रुत गतिमा निर्माण गर्न निर्देशन दिएका छन् ।
अमेरिकामा घिमिरे र भारतमा रेग्मीसहित ८ देशका लागि नेपाली राजदूत सिफारिस
७ असार २०८१, शुक्रबारपूर्व सचिव चन्द्र घिमिरे अमेरिकाका लागि राजदूत सिफारिस भएका छन् भने भारतका लागि नेपाली राजदूतमा पूर्व मुख्यसचिव लोकदर्शन रेग्मीको नाम सिफारिस भएको छ ।